जंगली च्याउ खाँदा डोल्पामा ४ जना सिकिस्त बिरामी ,

भदौ ८ ,सुर्खेत – जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।उनीहरुलाई उपचारकोलागि अहिले हेलिकोप्टरबाट नेपालगंज लगीएको छ।

आइताबार साँझ खानासंग च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।

आईतबार साँझनै बिरामिपरेको जानकारी भएपनि सोमबार बिहान मात्र प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो,। उनका अनुसार चारै जनाको अवस्था सिकिस्त छ।