surkhet

आज थप ७४३ जना कोरोना संक्रमित फेला ,कुल संक्रमित ३३ हजार नजिक पुग्यो ,

surkhet

भदौ ८ ,काठमान्डौ – आज नेपालमा थप ७४३ जना कोरोना संक्रमित फेला परेका छन्।

विगत २४ घन्टामा स्वास्थ्य मन्त्रालयले गरेको १० हजार २३४ पीसीआर परिक्षणमा ४९५ पुरुष र २४६ महिला फेला परेको बताएको छ।

अब भने नेपालमा कुल कोरोना संक्रमित संख्या ३२ हजार ६७८ फेला परेका छन।भने १३ हजार ७ सय १५ जनाको देशभर सक्रिय बिरामीको उपचार भईरहेको छ।

Dailekh
Gorkha

तेस्तै पछिल्लो २४ घन्टामा १७५ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ। हाल देशभर ११ हजार २७५ जना क्वारिनटिनमा छन्।

संथागत आइसोलेसनमा ९ हजार १४५ जना रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको । तेस्तै देशभरका होम आईसोलेसनमा ४ हजार ५६१ जनाको उपचार भईरहेको मन्त्रालयले जनाएको छ।

५ सय भन्दा माथि कोरोना बिरामीको उपचार भैरहेका जिल्ला ७ छन् जसमा मोरङ्ग ,पर्सा ,महोतरी ,रौतहट ,सर्लाही ,बारा र काठमान्डौ रहेका छन् भने संक्रमित शुन्य हुने जिल्ला मुस्ताङ्ग र हुम्ला छन्।

 

salyan