Gold

विप्लवका कार्यकर्ता द्वारा एक गाडीमा आगजनी ,,

Naumule Migrate

वैशाख,२२ इलाम- बन्दमा पनि गाडी चलाउने भन्दै विप्लवका कार्यकर्ता द्वारा एक गाडीमा आगजनी गरियको छ।

झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७१५ नम्बरको गाडी नेकपाका कार्यकर्ताले मेची राजमार्गमा पर्ने सानवीरेमा आगजनी गरेका हुन् ।
गाडी पिक अप प्याज बोकेर पाँचथरतिर गईरहेको थियो ,।

शनिबार बिहान करिब ४ बजे तिर पाँच जनाको समुहमा रहेका कार्यकर्ताले आगजनी गरेका थिय , गाडीको अगाडिको भाग सबै जलेको छ।

चालक र उनका सहयोगी सहि सलामत भयको प्रहरीले जनायको छ ,।

विप्लव समुहले आज देशै भर बन्द गरेको छ ।, बन्दको प्रभाव राजधानी देखि सबै जिल्लालामा परेको छ ।

सरकार पक्षको विरोध गर्दै यातायात विभागले गरेको हिजो देखिको बन्दले पनि देशै भर प्रभाव पारेको छ। , यसको असर यात्रुमा परेको छ धेरै मात्रामा यात्रु हरु पैदल हिनेको देखिन्छ।

यातायातले सिन्डिकेट लागु हुन पर्ने र सरकारले सो सिन्डिकेट तोड्ने विषयमा कुरा नमिले पछि हिजो देखि बन्द र आमहड्ताल गरियको छ।

Naumule Badhipahiro