सिन्धुलीमा फेला परेको बम नेपालि सेनाले डिस्पोज गर्दै ,,
वैशाख २२ , सिन्धुली – सिन्धुलीको धुराबजारमा कुकरप्रेसर बम फेला परेको छ ।
बन्दको दिन कमलामाई नगरपालीका ६ धुरा बजारमा प्रेसरकुकुर बम भेटिएको सिन्धुलीका डिएसपी विनोद शर्माले बताए । बिहान करीब ३ बजेको समयमा बम राखिएको हुन सक्ने प्रहरीको भनाई छ ।
फेला परेको बमलाई नेपाली सेनाले डिस्पोज गराएको छ । विप्लव समूहले नेपाल बन्दको आह्वान गरेकै दिन सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा विस्फोटक बस्तु फेला परेको प्रहरीले जनाएको छ ।
आज विप्लव द्वारा बन्दको आव्हान गरियको छ। र सो बन्दको प्रभाव देशै भर परेको छ। ,यात्रु हरुलाइ बन्दले गर्दा सास्ती परेको छ ।
बन्दलाई लक्षित गरि विप्लव पक्षले बम राखियको हुनसक्ने आसंका प्रहरीले गरेको छ ।