surkhet

नवलपरासी पश्चिम कोरोना अपडेटः संक्रमित २ सय नाघे, १ जनाको मृत्यु ,

surkhet

भदौ ११,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ ।

आज (बिहीबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा प्रतापपुर गाउँपालिका वडा नं. ४ बस्ने २५, ५० र ३३ बर्षका पुरुष, सरावल गाउँपालिका वडा नं. ४ बस्ने १७ र ४८ बर्षका पुरुष र सोही वडाका ५५ र ४७ बर्षकी महिला रहेका छन् ।

Dailekh

यस्तै सरावल गाउँपालिका वडा नं.२ बस्ने ६५ बर्षकी महिला र स्वास्थ्य चौकीमा कार्यरत ५३ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

Gorkha

यस्तै रामग्राम नगरपालिका वडा नं. ६ बस्ने ३९ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

१ जनाको मृत्यु
नवलपरासी पश्चिममा हाल सम्म ५ हजार ३ सय ५९ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ४ हजार ७ सय ९ जनाको पिसिआर नजिता नेगेटिभ आएको बताइएको छ।

यस्तै अझै ४ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यस्तै हालसम्म जिल्लामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै १ जनाको मृत्यु भएको छ । गत भदौ २ गते नवलपरासी पश्चिमका नेपाली कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका ३८ बर्षिय गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा बिहान ६ बजे मत्यु भएको थियो ।

रविन्द्र यादव ,नवलपरासी पश्चिम ,

salyan