नेपाली राजनीति र युवाको भविष्य,
भदौ १२ ,काठमान्डौ – मानिस एक सामाजिक प्राणी हो,जस्को जिबनको अनेक पाटाहरु रहेका छन,।
यी पाटाहरु विभिन्न सामाजिक शास्त्र अन्तरगत व्याख्या गरिएका छन जो मानव जिबनको लागि अत्यनतै महत्वपूर्ण मानिन्छन जस मध्य राजनीति पनि एक महत्त्वपूर्ण सामाजिक बिज्ञान हो ।
सामान्यतया राज्यका हेरक निती नियममा आवद्ध भैइ देश्को हितमा रहि काम गर्ने एक प्रकारको बिशुद्द पेसा नै राजनीति हो।
वर्तमान परिप्रेक्ष्यमा राजनीतिको अर्थ व्यापक रहेको पाईन्छ, “राज्यको निति तथा नियम मा आधारित रहि,शानस संचालन गर्ने पेसा नै राजनीति हो।
अहिले बिज्ञान र बिस्वव्यापी करणका कारण विश्व विभिन्न क्षेत्रमा होडबाजीहरु चलाउदै आएको छ ।
चाहे त्यो, राजनीतिक,आर्थिक देखि लिएर सबै क्षेत्रमा होस प्रतिस्पर्धामक भावनालाई निरन्तर स्थान दिईदै आएको छ ।
राजनीतिले देश तथा राज्यका सम्पुर्ण अधिकारहरुलाई नियन्त्रणमा लिई,मातहतरुपि अधिकारहरुको सुरुवात गर्ने गर्दछ ।
राजनीतिले देशका आर्थिक,सामाजिक,शैक्षिक क्रियाकलापहरुलाई मातहतमा लिने गर्द। अहिले विश्व जगतमा सम्पुर्ण शक्तिहरुलाई नियन्त्रण लिने काम राजनीतिले गर्ने गर्दछ।
अब नेपालको राजनीति,नेपालमा पनि शक्ति,सत्ता को लागि थुप्रै प्रकारका राजनीतिक घटनाहरु भए,जस्ले गर्दा देशको शासन व्यवस्था राज्य व्यवस्थाको शासन प्रणाली पुर्णरुप मा परिवर्तन हुन पुग्यो ।
रानाहरुको शासन आयो,पन्चायत आयो,राजतन्त्र आयो,बहुदलीय प्रजातन्त्र आयो,गणतन्त्र,लोकतन्त्र आयो तर सबैले एक आपस मा होडबाजी र सत्ता हड्पने कामहरु गरिरहे ।
जनताको अभिमतलाई बुझेर कुनै पनि शासन प्रणालीले काम पुर्णरुपमा काम गर्न सकेनन, मात्र सत्ता र कुर्सी तानातानको चलखेलमा समय ब्यतित गरे ।
अब,पालो युवा वर्गको,दृढ संकल्प,अटोठ आस्था त बिस्वासका साथ राजनीतिमा लाग्ने युवाहरु पनि सम्भावना ठुलै देखिन्छ,। आजका युवा भोलिका,देशका शासक बन्न सक्छन।
सामाजिक गतिविधिलाई यथावत राख्दै युवा बर्गले राजनीतिक गतिविधिलाई विशेष प्राथमिकताका साथ अगाडि लैजानु पर्छ। अहिले युवाहरुको विभिन्न माध्यमहरु छन राजनीतिमा जानको लागी।
विभिन्न पार्टिका भातृ संघठनहरु,मजदुर संघ,बिद्यार्थी संघ,कर्मचारी संघ,ब्यापारी संघ लगाएत थुप्रै प्रकारका सम्भावना बोकेका यी संघगठन हरुले पक्कै पनि युवा हरु को राजनीतिमा अगाडी बढाउने कडिका रुप मा रहनेछन ।
राज्यका हरेक अंग माथी नियन्त्रण गरि शासन संचालन गर्ने काम राजनीति ले निरन्तररुपमा गर्ने गर्दछ !राज्यका नीति निर्देशक र सिदान्तलाई अबलम्बन गर्दै शुसासन र जनरुपी सरकार बनाउन राजनीतिले अहम् पुर्णभुमिका रहने गर्दछ ।
विशेषत हामी युवाले बुझ्नु पर्ने कुरा के छ भने आज देश कता तिर जादैछ,देशमा कस्ता कस्ता प्रकारका राजनीतिक घटनाहरु घटिरहेका छन । त्यो बुझन जरुरी छ।
तर बिड्म्बना वर्तमान समयका अधिकांश युवाहरु रचनात्मक कार्य तर्फ नभै बिकृती र विसंगति बादमा अग्रसरतामा रहेको पाईन्छ।
अझ वर्तमान समयको युवा हरु त झनै, सामाजिक संजाल(फेसवुक,म्यासेनजर,ईमो,भाइवर,ईन्स्टाग्राम,गुगल,युटुव) तिर दिन रात घोटिएको पाईन्छ।
यस्ले गर्दा आफू आत्मनिर्भर नभएर, परनिर्भर भएको पाईन्छ ,किन्की सबै काम गर्न आफ्नो दिमाग प्रयोग नभएर,प्रबिधीको प्रयोग भएको हुन्।
हामी टिभीमा सामचार आएको बेला रिमोटले काटेर सेरियल तर्फ जान्छौ,रेडियमा कुनै बहस,कसैको अन्तरवार्ता आएको बेला बन्द गर्छौ, कुनै राजनीतिक,सामुहिक कार्यक्रममा जानुको सट्टा भट्टी पसलमा धाउछौ।
अनि अगाडि कसरी बढ्छौ ?के सरकारले कल्पना गरेको सुखी नेपाली,समृद्ध नेपालको अभिभारा यसरी पूरा गर्न सकियला ?
,अह,तपाईं हामी अब केहि कुरालाई त्यागेर, देशको सम्पुर्ण राजनीतिक, समाजिक,आर्थिक देखि सर्बपक्षिय कुरालाई समेटेर अगाडी बढौ,सरकार ले प्रत्येक बर्ष युवा लक्षित कार्यक्रम तथा रणनीति तय गर्दै आएको हुन्छ।
यदि सरकार द्वारा घोषणा गरिएका युवा लक्षित कार्यक्रम प्रभावकारी भएना,युवामुखी भएना भने खबरदारी गरेर अगाडी बढ्नु एक असल युवाको दायित्व रहनेछ।
तसर्थ: वर्तमान समयमा नेपालमा युवा बर्गको राजनीतिक भविस्यको पाटो फराकिलो बन्दै गइरहेको छ र राजनीति भबिष्य पनि उज्ज्वल बन्ने छ।
आजकै युवाबाट भोलि देशको प्रधानमन्त्री ,रास्ट्रपति बन्न प्रेरित गर्ने छ। राजनीतिलाई आफ्नो एक नैसर्गिक अधिकारका रुपमा अँगाली,प्रत्येक युवाहरु आफ्नो कानुनु नियम,संबिधान निर्माण मा प्रत्यक्षरुपमा सहभागी भै आफ्नो अपन्त्व र दायित्व हो भन्ने बुझ्ने गरौ ।
देशको सर्बोच्च स्थानमा प्रबेशगरि युवा लक्षित नीति तथा कार्यक्रममा आफ्नो भुमिका राखौ यो हामी सबैको कर्तव्य हो ।
नेपाली युवाको राजनीतिमा थुप्रै चुनौती र समस्याहरु रहेका छन् ।अनेककन उत्पिडन र संघर्षलाई अबल्म्बन गर्दै राजनीतिक संस्कारमा अगाडि बढ्नु आजको युवाको प्रमुख दायित्व हुनेछ।
धन्यवाद ,
-डम्बर विस्वकर्मा(दृढ़)
नेपालगन्ज, बाँके