फुटपाथमा ब्यापार गर्न नपाईने , जफद गरियाका सामान लिलाम ,,

Naumule

वैशाख २३ , काठमाडौं – महानगरपालिकाले साँझको समयमा समेत फुटपाथ अतिक्रमण गरेर ब्यापार-व्यवसाय सञ्चालन गर्न नदिने भएको छ । दिउँसो समयमा केही कडाइ गरे पनि साँझको समयमा भने फुटपाथमा ब्यापार गर्न रोक्ने गरेको छैन ।

शहरको सभ्यता र सौन्दर्य बिग्रँदै गएको र पैदलयात्रुलाई फुटपाथ छाडेर सडकमा ओर्लिएर हिँड्नुपर्ने अवस्था अाएको भन्दै महानगरपालिकाले साँझको समयमा पनि फुटपाथ अतिक्रमणविरुद्ध विशेष अभियान सुरु गरेको छ ।

अहिले सम्म जफद गरियका सामान परिमाण हेरेर १ देखि ५ हजार सम्म जरिवाना तिरायरा छोडीदै आयको छ। , अब भने तेस्तो नभई जफत गरियका सामान लिलाममा जाने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताय।

अहिले काठमान्डौ रत्नपार्क, जमल, भोटाहिटी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, गौशाला, कालीमाटी, कलंकी, नयाँबसपार्क, गोंगबु, सुन्धारा, न्यूरोड, लगायतका क्षेत्रमा फुटपाथ ब्यापार मौलाएको छ ।

Gurvakot

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले फुटपाथ अतिक्रमणलाई शून्यमा झार्ने गरी अभियान सुरु भएको बताए । उनले बेलुकी ६ देखि राति १० बजेसम्म पनि फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरी परिचालन गर्न लागिएको जानकारी दिए ।

यस्तो व्यापारले नत भाडा , न बत्ति पानि न सरकारलाई कर तिर्नु परेको छ ।, व्यापारले उल्टो यात्रुको आवागमन मात्र बिथोल्यो , बल्कि यस्ता फुटफातमा किनेका सामान हरु भोलि पल्ट साट्न समेत उपभोक्ताले पायका छैनन् ।, ठगि मात्र बढ्यो अब यसको पनि अन्त्य हुन्छ।

महानगरपालिकाले खुद्रा बजारका लागि तत्काल कुनै विकल्प पनि दिन नसकिने बताएको छ । केही वर्षअघि खुलामञ्चमा लाग्ने बजारलाई सरकारले हटाएको थियो । त्यसपछि फुटपाथमा हुने ब्यापर मौलाएको छ ।

शहरी निम्न मध्यम वर्गीय परिवारमाझ फुटपाथ बजार लोकप्रिय छ । सस्तोमा समान पाइने भएकाले पनि फुटपाथमा समान किन्ने जमात ठूलो छ,। काठमाडौंमा ।

तर, गैरकानुनी र अनौपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने किसिमको बजार भएकाले यसलाई बचाएर नराख्ने नीति महानगरुपालिकाले लिएको हो ।

Bangad kupinde