suekhet
bheriad

चलचित्र ‘प्रेमालय’ छायांकन सुरु नहुँदै नामको विवादमा ,,

lekabesi

वैशाख २३ – चलचित्र रिलिज हैन छायांकन नहुँदै विवादमा परेको छ। आज भोलि प्राय चलचित्र र चलचित्रमा समावेश गरियाका गीत हरु चोरेको भन्दै विवादमा पर्ने गरेको पाईन्छ ।,, चलचित्र कृ मा समाबेश भयको गीतमा भनम भनेत प्रसासन लगायर २१ लाख क्षतिपूर्ति समेत असुल गरियो ,,।

चलचित्र ‘प्रेमालय’ छायांकन सुरु नहुँदै नामको विवादमा परेको छ । फिल्मको नाम आफ्नो किताबबाट चोरिएको भन्दै उपन्यासकार आश्विनी कोइरालाले आपत्ति जनाएका छन् ।

,,प्रेमालय’, नाममा लेखक आश्विनी कोइरालाले उपन्यास लेखेका थिए । जुन पुस्तक चर्चित भएको थियो । आफूले लेखेको चर्चित पुस्तकको नाममै चलचित्र बन्न लागेको भन्दै कोइरालाको आपत्ति छ ।

के भन्छन् आश्विनी ?

लेखक आश्विनी कोइराला आफैंले आफ्नो पुस्तकमाथि आधारित चलचित्र बनाउने तयारी गरेको दावी गर्छन् । उनले भने-‘मैले मेरै पुस्तकमाथि आधारित रहेर ‘प्रेमालय’ चलचित्र बनाउँदैछु ।

अब, यही नाममा अर्को चलचित्र बन्ने भएछ । मैले, मेरो पुस्तकमाथि बन्न लागेको चलचित्रको नाम परिवर्तन गर्न मिल्दैन । उहाँहरुलाई म नाम परिवर्तन गर्न आग्रह गर्दछु ।

प्रतिलिपी अधिकारको रजिष्टार कार्यलयमा आफूले नामको कपिराइट लिएको समेत आश्विनीको भनाई छ । उनले, चलचित्रको कथावस्तुमा आफ्नो आपत्ती नभएको तर आफ्नो हिट पुस्तकको नाममा चलचित्र बनाएर चर्चा बटुल्न खोजेको आरोपसमेत लगाएका छन् ।

उनले चलचित्रको नाम परिवर्तन नभएको खण्डमा आफू कानुनी रुपमा अगाडि बढ्ने समेत बताए । चलचित्रका निर्माता सुभाष श्रेष्ठले आफूलाई राजनीतिक पार्टीको घमण्ड देखाउँदै यही नाममा चलचित्र बनाउने बताएको समेत उनको भनाई छ ।

नाम परिवर्तन हुँदैनः निर्माता ,,
चलचित्र ‘प्रेमालय’का निर्माता सुभाष श्रेष्ठले भने आफूहरु कानुनी रुपमा माथि रहेको भन्दै नाम परिवर्तन नहुने बताएका छन् । उनले भने-‘उहाँको पुस्तकको कथावस्तुसँग हाम्रो चलचित्रको कथावस्तु मेल खाँदैन । नाम मिलेकै भरमा स्क्यान्डल मच्चाउनका लागि मात्र उहाँले यो हल्ला गर्नुभएको छ । नाममा केको कपिराइट ?’

चलचित्र विकास बोर्डमा नाम दर्ता भैसकेको भन्दै सुभाषले भने-‘हामीलाई विकास बोर्डले यो नाममा चलचित्र बनाउन अनुमती दिइसकेको छ । उहाँ कानुनी रुपमा जान पाउँनुहुन्छ । न्यायालयले जे निर्णय गर्छ, त्यही मानौंला ।’

उनले, आफू काठमाडौं आएपछि आश्विनी कोइरालासँग कुरा गर्ने पनि बताए । तर, चलचित्रको नाम परिवर्तन गर्ने उनले स्पष्ट पारेका छन् ।

कुमार शाहले निर्देशन गर्न लागेको यो चलचित्रको मुख्य भूमिकामा निराजन प्रधान र मरिष्का पोख्रेल छन् । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गर्ने निर्माण पक्षले बताएको छ । केही दिनमै यसको नेपाल छायांकन सुरु पनि हुनेछ ।