surkhet

कञ्चनपुरमा उच्च ज्वरोबाट ६ जनाको मृत्यु अनुसन्धान टोलि परिचालन,

surkhet

भदौ १४ ,कैलाली – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोबाट छ जनाको मृत्यु भएको छ।

यक्कासी यसरि ७ जनाको ज्वरोबाट मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले अनुसन्धानका लागि परिचालन भएको छ ।

टोलि शनिबारनै महाकाली नगरपालिका पुगेर मृतकका आफन्त र बिरामीको रगत जाँचको लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ ।

Dailekh
Gorkha

कोरोनाकै महामारीमा जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताएका हुन् ।

अहिलेनै के कारणले हो भन्न सकिने छैन रगत जाँच भएर आएपछि जानकारी हुने छ ,उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्द्र र दुईको घरमै उपचार भइरहेको छ ।

उच्च ज्वरो संगै मौसमी ज्वरोले पनि अहिले बिरामीको छाप बढेको स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले बताए।

अनुसन्धानको टोलीमा निर्देशनालयका भेक्टर कन्ट्रोलर जोशी, स्वास्थ्य कार्यालय कञ्चनपुरका सिद्धराज जोशी र दुई जना दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रहेका छन् ।

salyan