कोरोना त्रासमा कुन उमेरका ब्याक्ति कति घण्टा सुत्ने ?

भदौ १४ ,काठमान्डौ – विश्वमा महामारी फैलाएको कोभिड १९ कोरोना महामारीले अहिले सारा नेपालीलाई डर त्रासमा राखेको छ।
यस्तोबेला सबैले कसरि सुरक्षित रहने भन्नेबारे स्वास्थ्यविज्ञहरुले पनि नागरिकलाई दैनिक जस्तो स्वस्थ्य टिप्स बताईरहेका छन्।
कोरोना संक्रमण लगायात अन्य रोगहरुसंग लड्नको लागि निद्राको ठूलो भूमिका हुने हुन्छ। रातिको समयमा पर्याप्त सुत्ने ब्याक्तिमा इम्युनिटि पावर राम्रो हुने स्वास्थ्यविज्ञहरुले बताउने गरेका छन्।

हामीसबैलाइ निन्द्रा नपुगेको दिनमा दिनभर ताजगी हुने र पुरा निद्रा भएको हुँदा हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं यो सबैले अनुभव गरेको कुरा हो ।

हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ। त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव पनि गर्दछौ।
ले दैनिक ७ देखि ९ घण्टा ससुत्यो भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ जसले गर्दा हामि खुसि हुन्छौ भने रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ।
तेसैले हामि कति घण्टा सुत्नुपर्छ ?
१४- २५ बर्षको उमेरको व्यक्तिलाई ,८- १० घण्टा सुत्नुपर्ने हुन्छ ,
२६-६४ बर्षको व्यक्तिलाई ७- ९ घण्टा र ६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई ७- ८ घन्टा सुत्दा स्वास्थ्यको लागि राम्रो मानिन्छ जसले गर्दा हामिमा रोगसँग लड्ने मेलाटोनिन नामक हर्मोन उत्पादन गर्नसक्छौ र रोगलाई जित्न सक्छ।
जन स्वस्थ्यविज्ञ डा रविन्द्र पाण्डे ,
