Gold

भोक हड्तालबाट इब्रु तिम्तिको निधन ,

Naumule Migrate

ऐजेनसि ,,

भदौ १५ ,टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।

उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो ।

परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।

टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेक लगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन् ।

टर्केली जनताको न्याय, समानता र परिवर्तनको पक्षमा सञ्चालित अभियानको पक्षमा ऐक्यवद्धता इब्रु तिम्तिकप्रति टर्किस उत्पीडित तथा श्रमजीवी जनताले दुख व्यक्त गरेका छन्।

Naumule Badhipahiro