बामदेव राष्ट्रियसभामा जान तयार नेकपामा फेरी विवाद हुनसक्ने ,

भदौ १५ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएका छन्।

पार्टीले गत फागुन महिनामानै निर्णय गरिसकेको हुनाले आफू पार्टीले पूर्वनिर्णय कार्यान्वयन गर्न छ वा गर्दैन तेस्को लागि पर्खिरहेको बताए।

हाल केपी शर्मा ओलीले भने अर्थ र सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीमा रहेका डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् ।

पार्टीभित्र बामदेव गौतमलाई नै राष्ट्रियसभामा लैजानुपर्ने मत बलियो बन्दै गएको हुनाले अर्थमन्त्रि खतिवडा डेन्जर जोनमा छन् ।

पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन गर्छ कि गर्दैन पार्टीको निर्णयलाई सम्मान गर्छु म राष्ट्रिय सभामा जान तयार छु गौतमले भनेका छन्।

तेस्तै गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले पनि बामदेव राष्ट्रियसभामा जान तयार भएको बताएका हुन् ।

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गरेका छैनन्।

ओलीले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न चाहेका छन्। यो संगै नेकपामा फेरी विवाद हुने देखिएको छ। खतिवडाको अहिले दुई वर्षे कार्यकाल सकीएपछि बिना संसद मन्त्रि छन्।

नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ। खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ।

उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा सचिवालयमा समझदारी बनेपनि अहिले अवस्था अनुकुल नरहेको निष्कर्षका साथ गौतम फेरि राष्ट्रियसभामा जान तयार भएको बताइएको छ ।

कोरोनाको महामारी यो बेलामा चुनावमा जान सम्भव छैन,गौतमका भनाई उदृत गर्दै प्रेस सहयोगी विश्वमणि सुवेदीले भने।

प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको अर्थमा लिएका छन्।

प्रधानमन्त्री ओली भने पार्टीको निर्णय मान्न तयार छैनन् ,उनि अर्थमन्त्री खतिवडालाई सांसद बनाउने दाउमा जुटेका छन्।

केहि दिन अगाडी एक टेलिभिजनमा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै चर्चा समेत गरेका थिए जसले उनलाई नै दोह्र्याउन चाहेको गौतम निकटका एक ब्याक्तिले बताए।

नेकपाले भदौ १८ गते सचिवालयको बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा कसलाई लैजाने भन्नेबारे गर्मागर्मी बहस हुने निश्चित छ ।