Gold

रौतहट दलित युवा मृत्यु प्रकरण इन्स्पेक्टरसहित ३ प्रहरी निलम्बनमा,

Naumule Migrate

भदौ १६ ,रौतहट – रौतहटको गरुडाका दलित युवा विजयराम चमारको हिरासतमा चरम याताना दिएपछि मृत्यु भएको थियो।

घटना प्रकरणको अनुसन्धानमा ईन्स्पेक्टर नविनकुमार सिंह,प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका छन।

रुडा नपा,८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो ।

उनको हिरासतमा मृत्यु भएको थियो ,प्रहरीले चरम यातना दिएकै कारण मृत्यु भएको परिवारको आरोप छ।

उक्त घट्नाको जाँचबुझ अनुसन्धान नहुन्जेल सिहलाई थप जाँचबुझ नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको थियो।जाँचबुझ समाप्त नहुन्जेलसम्म उनि ६ महिना अवधिको लागि निलम्वनमा परेका छन् ।

साथै प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाको पत्र अनुसार अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरिएको रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्काले बताएका हुन् ।

Naumule Badhipahiro