surkhet

उपत्यकाम पुन: एकसाता निषेधाज्ञालाई निरन्तरता दिने निर्णय ,

surkhet

भदौ १७ ,काठमान्डौ – उपत्यकाम पुन: एकसाता निषेधाज्ञालाई निरन्तरता दिने तयारी छलफल भईरहेको छ। निषेधाज्ञालालाई पहिलेकै स्वरुप दिने वा मोडालिटी केहि परिवर्तन गर्ने भन्ने गृहमन्त्रालयले आज अपराहन्न टुंगो लगाउने बताईएको हो।

उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारिगरुको मंगलबार बसेको बैठकले संक्रमण बढ्दै गईरहेको हुनाले थप एक साथा निरन्तरता दिने निष्कर्ष निकालेको थियो।

काठमान्डौ ,ललितपुर ,भक्तपुर ,प्रजिअहरुले अनुमोदनका लागि गृहमन्त्रालयमा जानकारी दिएका छन्। गृहको निर्देशनपछि तीनै प्रजिअको बैठक बसेर सूचना जारी हुनेछ। सरकारले गरेको निषेधाज्ञा आज राति १२ बजे सकिदै छ।

Dailekh
Gorkha

निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे छलफल भईरहेको पनि एक अधिकारीले बताए।

उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको छ। उपत्यकामा बाहिरबाट कुनै नागरिक नआएपनि दैनिक चार सय भन्दा माथिको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन्।

नेपालमा कोरोना संक्रमनबाट बच्न नियन्त्रण गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लकडाउन गर्दै आएको छ।

 

 

salyan