धर्म गुरु श्रीनिवासाचार्य पक्राउ ,धर्मको नाउँमा आफैलाई गोलि हान्न लागायको रहस्य ,,
वैशाख २४ , बिराटनगर- हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ।
देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।
गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।
उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि धर्मगुरु श्रीनिवासाचार्य मूख्य बाचकका रुपमा आएका थिय
बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।
लामो समय पछिको अनुसन्धान पछि उनले आफुलाई गोलि हान्न निर्देशन गरेको खुलाशा प्रहरीले जानकारी दियको छ ।
धर्मको नाँउमा हिँसा फैलाउने र जबर्जस्ति धर्म लाद्न खोज्नेलाई सरकारले कडा भन्दा कडा कार्बाही गर्नेछ।