Gold
Bangad salyan

दुबईबाट नेपाल आउन चाहने नेपाली नागरिकले अनियार्य गर्नुपर्ने कार्य यो हो ,

Salyan

भदौ १८ ,काठमान्डौ – अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ ।

दूताबासले बुधबार एक सुचाना जारी गर्दै ५ सेप्टेम्बर देखि ३० सम्म उडान तालिका सार्वजनिक गरेको हो।

सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

उडान तालिका सार्वजनिक गरेसंगे दूतावासले आफुलाई पाएक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । तेस्तै युएईबाट नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा बोक्नुपर्ने भएको छ ।

यो नेपाल सरकारले अनिवार्य लागु गरेको छ। तेस्तै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेर तत्पश्चात उत्पन्न हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्नेछ।

तेस्तै यात्रु नेपाल आएपछि अनिवार्य १४ दिन क्वारिनटिनमा बस्नुपरने छ। कोभिडका कारण विभिन्न समस्यामा परेका हाल सम्म करिब १४ हजार नेपाली सरकारले नेपाल ल्याईसकेको छ।

अब भने युएईबाट नेपाल आयन करिब ४२ हजार नेपालिले स्वदेश आउने ईच्छा राखेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

यसरि हुने छ दुवई नेपाल उडान,

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२, २७ र २९ मा दुबईबाट उडान भर्ने भएको छ ।

हिमालयन एयरलाइन्सले अबुधाबीबाट सेप्टेम्बर ५, १२, १९ र २६ को उडान तालिका बनाएको छ ।

एयर अरेबियाले सेम्टेम्बर ६, २० र २९ मा सारजाहबाट उडान भर्ने छ भने फ्लाइ दुबईको जहाज सेप्टेम्बर ८, १५ र २२ मा दुबईबाट नेपालका लागि प्रस्थान गर्ने छ ।

नेपाल आउन चाहने नेपालिले भर्नुपर्ने अनिवार्य सरकारको इन्ट्री फारम ,

https://ccmc.gov.np/arms/login.php