surkhet

पुल्चोकमा ट्राफिक प्रहरीमाथि गरियो निर्घात कुटपिट ,

surkhet

भदौ १८ ,काठमाडौं – ललितपुरको पुल्चोकमा एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरिएको छ ।

कोभिड,१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा युवाहरुको समुहले कुटपिट गरेका हुन् ।

कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवा समुहले निर्घात कुटपिट गरेको भिडियो अहिले चौतर्फी सामाजिक सञ्जालमा भाईरल भएको छ ।

Dailekh
Gorkha

घिमिरिको बाईकलाई युवाले तोडफोड गरेका छन् भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेको देखिन्छ । केहीवेरपछि एक जना प्रहरीले उनको उद्दार गरेर लगेको देखिएको छ ।

घाईते घिमिरेको हाल अल्का अस्प्तालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ उनको अहिले सिटी स्क्यान गर्ने तयारी भइरहेको जनाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार दोषीको खोजी भइरहेको र कडा कारबाही गरिने बताएक हुन्।

कुटपिट गर्ने जोसुकै होस् हामि कडा कारबाही गर्छौ, घिमिरेमाथि कुटपिट गर्ने समूहको ललितपुर प्रहरीलेपनि खोजि गरिरहेको छ।

salyan