Gold

पुल्चोकमा कुटीएका प्रहरी भन्छन हेल्मेट नभएको भए ज्यान जान्थ्यो ,

Naumule Migrate

भदौ १८ ,काठमान्डौ – पुल्चोकमा रातो मत्स्येन्द्रनाथको जात्राका क्रममा कुटीएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरे अहिले ललितपुरको अल्का अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड,१९ (कोरोना भाइरस) को महामारीका बीच जावलाखेल र मंगलबजार जाने डाइभर्सनमा आफ्ना इन्चार्ज असई कृष्ण घलानसँगै ड्युटीमा खटिएका थिए ।

लकडाउनको बेलामा कुनैपनि भिड भाड नगर्न भनिएपनि रातो मत्स्येन्द्रनाथ तान्ने युवाहरुको हजारौको संख्या सडकमा देखिन्थ्यो। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र पानीका फोहोरा हानेपछि भीड घिमिरेको तिरा आईरहेका थियो ।

आफुले अब याँहा बस्न उचित नठानेको र बाईक चढेर भाग्न खोज्दा भिडले समाएको घिमिरे बताउछन। भिडमा घिमिरेलाई लात मुक्का ढुंगा युवाहरुले हानेको भिडियोमा सजिलै देख्न सकिन्छ तेही बेला केहि युवा र स्थानीयले उनलाई बचाएका थिए।

टाउकोमा हेल्मेट लगाएको र हेल्मेट नाफुसकीएको कारण आफु बाँचेको घिमिरेल बताउछन। ड्युटीमा उनले प्रयोग गरेको ७२४२ नम्बरको सरकारी मोटरसाइकलमा पनि युवाको समुहले क्षति पुर्याएको छ ।

अस्पतालमा घिमिरेको टाउकोको स्क्यान भईरहेको छ भने ढाड र गर्दनको एक्सरे भईरहेको छ। ललितपुर प्रहरीले आक्रम गर्ने युवाहरुको पहिचान गर्न अनुसन्धान अगाडी बढाईरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार दोषीको खोजी भइरहेको र कडा कारबाही गरिने बताएक हुन्।

Naumule Badhipahiro