Gold

भेरी अस्पतालले २२ सय शुल्कमा कोरोना परिक्षण गर्ने ,

Naumule Migrate

भदौ १९ ,नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जले अब २२ सयमा स–शुल्क कोरोना परीक्षण गराउन भएको छ। भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि सो शुल्क निर्धारण गरेको हो।

समितिका अध्यक्ष प्रमोदकुमार धिताल र अस्पताल विकास समितिले जारि गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त निर्देशन निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच २ हजार दुई सय मात्र लिने निर्णय गरिएको उल्लेख छ ।

यता सरकारले भने नीजि क्षेत्रका प्रयोगशालाहरुलाई ५ हजार ५ सय शुल्क निर्धारण गरेको छ।साथै यो रकमबाटपनि १० प्रतिशतसम्म सेवा शुल्क थपेर नीजि प्रयोगशालाले शुल्क लिन पाउने बताईएको छ ।

 

Naumule Badhipahiro