surkhet

मान्छे काटेर टाउको सहित प्रहरीचौकी आफै पुगेपछि सबै बेहोस ,

surkhet

भदौ १९ ,काठमान्डौ – धादिङको निलकण्ठ नगरपालिका,१३, खलचेतका २६ वर्षीय राजु परियार जिल्ला प्रहरी कार्यालय धादिङमा पुगेर म मान्छे काटेर आएको हु भन्दा एक छिन सबै प्रहरीनै झसङ्ग बनेका थिए।

प्रहरी एकछिन ट्वाल्ल परेर हेरेकै बेला राजुले आफुले बोकेको झोलाबाट मानिसको टाउको देखाईदिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा खुर्पाले हानेर स्थानीय खलचेतकै ६५ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर परियार आफै प्रहरी कहाँ आत्मसमर्पण गर्न आएको खुलेको हो ।

Dailekh
Gorkha

घटना भएको स्थानबाट जिल्ला प्रहरी कार्यालय धादिङ आउन गाडीम करिड डेढ घण्टा लाग्छ तर उनि रातिमा हिडेर प्रहरी कार्यालय आएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी गरे।

प्रारम्भिक सोधपुछमा सामान्य विवादका क्रममा घटना भएको पाइएको उनले बताए । प्रहरीले अपराधस्थलमा पुगेर बलको प्रकृति मुचुल्का गरिसकेको छ र पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको छ ।

अहिले कोरोना महामारीको लकडाउन चलिरहेको छ ,लकडाउनको बेला नेपालमा हत्याका घटना दैनिक बढेको पाईन्छ। तेस्तै काठमान्डौको अनामनगरमा आफ्नै श्रीमतीलाई छुरा प्रहार गरि हत्यागर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

salyan