suekhet
bheriad

आमा बन्ने भईन नायिका श्वेता खडका ,

lekabesi

भदौ २० ,काठमान्डौ – नायिका श्वेता खडका आमा बन्ने भएकि छिन। हुर्रे’, ‘मेरी मामु’ र ‘रज्जा रानी’ चलचित्र निर्देशन गरेका यम थापाले नँया चलचित्रमा खड्कालाई अनुबन्धित गरेका हुन्।

चलचित्रमा श्वेताले आमाको भूमिका निभाउने छिन भने उनको केन्द्रिय भूमिका रहने छ ,चलचित्रमा छोरीको भूमिका भने कलाकार सेड्रिना शर्मालाई अफर गर्ने सोचमा यम थापाले बताए ।

चलचित्र ‘कहाँ भेटिएला‘ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका खडकालाई दुई वर्षपहिले चलचित्र ‘कान्छी’ मा दर्शकले देख्न पाएका थिए।

यो चलचित्रमा दर्शकले उनलाई भिन्न भूमिकामा देख्न पाउने छन्। कोरोना महामारी र हालको लक डाउनको अवस्था सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने थापाले रंग दर्पणलाई बताए ।