प्रचण्डले वासीएललाई भने झुकेर एकता हुन्दैन , जनयुद्द छोडिन्न ,,
वैशाख,२४ काठमाडाैं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डलाई केहि महिना अगाडी मात्र पनि वाइसिएल ले सुझाब पत्र बुझायको थियो। जसमा लेखियको थियो जनयुद्द शब्द नभय पार्टी एकता नगर्न आग्रह गरेको थियो।
तेसै विषयलाई लियर प्रचण्डले पनि भनेका छन् ,एकताको नाममा भाग बन्डा माग्न जरुरि छैन झुकेर एकता हुन्दैन।
पार्टी एकताको लामो समयको कुराकानीमा फिरी पनि प्रचण्डलाई उदृध गर्दै वाईसीएल अध्यक्ष दीप शीखाले भने जनयुद्द शब्द बाट पछि नहट्नुहोस ।
वाईसीएल स्कुलिङ विभागले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका प्रचण्डले अहिले नै सम्पूर्ण विषयको टुंगो लागि नसकेको भन्दै मिडियामा आएको जस्तो कुनै पनि सहमति नभएको जिकिर समेत गरेका थिए ।
६०/४० को हैसियतमा एकता गर्ने,भन्ने कुरा मेडियामा आयको गलत हो , हामीले कुनै कुरामा सहमति गरेका छैनौ ,
तीन वर्षपछि प्रधानमन्त्री बन्ने विषयमा मिडियामा आएको जस्तो सहमति नभएको प्रचण्डले युवाहरुलाई बताएका थिए ।
आफू युवाहरुको स्प्रीडमा चल्ने भन्दै अध्यक्ष प्रचण्डले युवाहरुको सपनाको रक्षा गर्न तयार रहेको बताएका थिए ।
यस्तै कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले समृद्धिका लागि युवाहरु जुट्नु पर्ने बताए थिए । गृहमन्त्री समेत रहेका अर्का नेता रामबहादुर थापा बादलले समृद्धिको खाका कोर्न पहिले भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने बताएका थिए ।
हाम्रो मुख्य यजेण्डा भनेको जनयुद्दमात्र हैन थुप्रै छन् तर कुनै पनि विषयमा टुंगो छैन प्रचण्डले भने ।