Gold

रास्ट्रियसभ सदस्यमा जाने भएपछि वामदेवले सार्वजानिक गरे आफुले लेखेको गित ,

Naumule Migrate

भदौ २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का उपाध्यक्ष वामदेव गौतमलाई नेकपा सचिवालय बैठकले रास्ट्रियसभामा पठाउने निर्णय गरेको छ।

हिजो बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टीको निर्णय अनुसार राष्ट्रियसभा को सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएपछि गौतमको अहिले चर्चा भईरहेको छ।

यस्तैबेला उनले लेखेको गित समेत सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ। गौतमले रचना गरेको गित यो मुक्त भूमी, यो बुद्ध भूमी”बोलको गीत युटुब र फेसबुकमा निकै चर्चामा छ।

यो गितमा नेपालको प्राकृतिक सुन्दरता र शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको बर्णन गरिएको र सबैले सुनिदिन समेत गौतमले आग्रह गरेका छन्।

गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो ।

 

Naumule Badhipahiro