गरिब दिन दुखी ,असहाय सबैको सहारा बन्दै लिला ,

भदौ २२ ,काठमान्डौ – संसार गरिब,दिनदुखी,अपांग,अनाथ,बेसहारा तथा सडकछाप हरुको बिचित्र लुप्त रुप हो।
त्यस्तै समाजमा कोहि सुखी र कोहि दुखको आशु भण डारणमा ब्यस्त छन। कतिपय ब्यक्तिहरुले आफ्नो सम्पुर्ण जीवन तिनै अपांग अनाथ र समाजसेवामा व्यतीत गरेका छन्।
तिनै समाजसेवि मध्य एक हुन,खजुरा गाँउपालिका व.डा.न,-४- कि लिला सुनार।खजुरा गाउपालिका व.डा.नं-४- कि लिला सुनार बिगत ५ बर्ष देखि निरन्तर समाजसेवामा लाग्दै आउनु भएको छ।

गरिब, दिन ,दुखी, असहाय, अनाथ,एकल महिला तथा बिपन्न बर्गको सहारा बन्दै आएकी लिला सानै देखि समाजसेवा गर्न मन लागेको तर अबसर नमिलेको,आफू पनि त्यही अवस्था बाट गुर्जेर अनेकन दुख पीडा उत्पिडन र दयनिय अवस्थाको भागिदार भएर अहुले आएर त्यही दुखलाई समाजसेवामा लागेर पोख्ने उहाको धारणा छ।
समाज सेवाको फिल्ड्मा डटेर लागिपरेकी लिलाले समाज सेवा गर्ने उद्देश्यले महिला तथा बालबालिका संरक्षण केन्द्र नामक सामाजिक संस्था खोलेर आफू अध्यक्षको भएर काम गरिरहनु भएको छ।
खजुरामा उहाकै नेतृत्वमा मन्दिर,अनाथ आश्रम, देखि लिएर गरिब बिपन्न परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग,एकल महिलालाई तिजमा सारी बितरण ,अनाथ बालबालिका लाई कापी,कलप,झोला,लत्ताकपडा बितरण गरिदै आएको छ।
दिन रात खटेर,घर को सम्पुर्ण कामलाई त्यागेर,समाज परिवार बाट निरन्तर दबादका बाबजुद पनि आफू निरन्तर दिन दुखिको सेवामा लाग्दै आउनु भएको छ।
उहाँ आफुलाई समाज सेवा गर्दै,दिन दुखी,गरिब असहाय ,एकल महिलाको घर आगनमा गएर समाज सेवामा लाग्नुको आनन्द बेग्लै किसिम भएको बताउनुहुन्छ।
र नेपाली समाजको महिला प्रती हेर्ने दृष्टिकोणनै नकारात्मक भएको र केही गर्न खोज्दा समाजमा खुट्टा तान्ने हरु को अगाडि समाजसेवा गर्न निकै चुनौतीपूर्ण रहेको बताउछिन् ।

तर पनि आफू महिला अधिकार्, महिला हिँसा,बाल हिंसा ,लगाएत थुप्रै समाजिक बिकृतिहरुको अन्त्यको निम्ती आफू निरन्तर लडेर अधिकार प्राप्तमा योगदान तथा सरकार संग खबरदारी गर्ने उहाको धाराणा रहेको छ।
वर्तमान परिप्रेक्ष्यमा समाजसेवा गर्नका लागि तन मन धन प्रयाप्त मात्रामा आवश्यकता पर्ने भनाई भ्रमपुर्ण रहेको र जहाँ ईच्छा त्यहा उपाय हुन्छ।
समाज रुपान्तरणको लागि आफ्नो ईच्छा परिवर्तन हुनुपर्छ। आत्मबल ,दृढ संकल्प,,अटोठ आस्था र आत्मबिस्वास जस्ता कुराको आत्मसात गर्दै अगाडी बढ्न हामी सबैको लागि उहाको समाजसेवाको पाठले सिकाएको छ।
अनेकन चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु भएकी समाजसेवि लिला सुनार पक्कै पनि गरिब दिन दुखिहरु को साहारा र एक कडिको रुपमा रहदै आउनु भएको छ।
एक सफल महिला अधिकारकर्मी,समाजसेवा गरेर समाजलाई नयाँ दिशा तर्फ अभिप्रेरित गर्ने महान अभिप्रायले उहा निरन्तर अगाडी बढिरहनु भएको छ।
पक्कै पनि लिला सुनार खजुराबासी को लागि मात्र हैना सिङ्गो नेपाली महिलाहरुको निम्ति उहाले दिएको योगदान र गरेको कार्यले उदाहरण बन्नु भएको छ! उहाँले गरेको काम हामी सबैको लागि अतुलनीय रहेको छ।
ड्म्बर विस्वकर्मा,
