suekhet
bheriad

स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मीमाथि कुटपिट ,

lekabesi

भदौ २३ ,बैतडी – बैतडीमा स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका मदिरा सेवन गरि सिगास,३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको बताईएको हो । कुटपिटबाट स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरामा चोट लागेको छ ।

भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालनरहेको बेला आफुले सामाजिक दूरी कायम गर्न र भीड भाड नगर्न आग्रह गर्दा आफूमाथि हातपात गरिएको बोहराले जानकारी दिए।

आफूमाथि गालीगलौज हातपात गरिएको छ ,मा यसरि काम गर्न सक्दिन भन्दै स्वास्थ्यकर्मी बोहराले आज गाँजरी प्रहरीचौकीमा निवेदन दिएको बताए । स्वास्थ्यकर्मीमाथि हातपात भएपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको ढुङ्गाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए।

कुटपिट गर्नेलाई तत्काल कारबाहीको माग गरिएको पनि साउदले जानकारी गरे। स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्ने खबर पाएपछि संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी टोली गएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

स्थानीयमा स्वाब संकलन कार्य भईरहेको र हाल सम्म ३७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी गरेको छ। ति मध्ये ३६२ जना डिस्चार्ज भइसकेका छन् अब भने जिल्लामा जामम १३ जना सक्रिय बिरामीको उपचार भईरहेको छ।