suekhet
bheriad

२५ सयको पीसीआरलाई सरकारले ५५ सय कसरि लग्यो किटको जम्मा ८ सय ,

lekabesi

भदौ २४ ,काठमान्डौ – एक जनाको पीसीआर रिपोर्ट परिक्षण गर्न सरकारले ५ हजार ५ सय रुपैयाँ तोकेको छ, सो मूल्य घटाउदै अहिले सरकारले ४४ सयमा पीसीआर गर्न पाउने समेत जानकारी गर्दै आईरहेको छ।

तर मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा २५ सय रुपैयाँमै पीसीआर जाँच हुने बताईएपछि सांसदहरु छक्क र अकमक्क परे।

यो बारे तत्काल अध्यन गर्नुपर्ने निष्कर्षले छलफल गर्यो।सरकारले कोभिड १९ को जोखिम रोकथामबारे गरेका कामकारबाही अनुगमन समितिको बैठक मंगलबार बसेको थियो।

उक्त छलफलमा सरकारी तथा निजि अस्पतालका सञ्चालक पदाधिकारीको पनि उपस्थिति थियो। बैठकको मुख्य छलफल भने अस्पतालले कोरोन महमारीमा बिरामिलाई कसरि सेवा दिईरहेका छन् भन्ने थियो।

बैठकमा कोरोना संक्रमणमा गरिएको पीसीआर परिक्षणको बारे छलफल भयो र ५५ सय पहिले भनिएपनि अहिले सरकारले ४४ सय मा गर्नु भनेको छ अब त्यो भन्दा तल जातिमा अपनी गर्न पाईयो नि भनेर काठमाडौं मेडिकल कलेजका सहनिर्देशक डा.जेनस आचार्यले भने ,जेनसले अगाडी भने हामीले २५ सयमा पीसीआर गरेका छौ र समयमा रिपोर्ट दिन्छौ अरु जस्तो लामो समयपनि लाग्दैन।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले सोधे, ‘कसरी सम्भव भयो २५ सयमा पीसीआर ? किटकै ८/९ सय पर्छ । लगतै सरकारको काम अध्ययन गर्न गठित उपसमिति संयोजक जीवनराम श्रेष्ठले डा.जेनिससँग डा.सेन्चुरीको प्रश्नको जवाफ मागे । डा. जेनिसले जवाफमा भने‘९६ जनाको एकैपटक टेष्ट गर्ने हो ।

सुरुमा ५५ सयमा गर्दा ९६ पुग्न समय लाग्यो, दिनमा १०/२० आए । ४४ सयमा गर्दा ५० पुग्यो २५ सयमा गर्दा घाटा नहुने र छिटो रिर्पोट दिने गरी आउने भयो । लगतै

वीर अस्पतालका अर्का डा. आशीष ढुङ्गानाले कोरोना टेष्ट खर्च ५५ सय सही कि २५ सय कुन तत्काल अध्ययन आवश्यक रहेको बताए ।

‘४४ सयमा हुन्थ्यो भने सुरुमा किन ५५ सय भनेको ? अहिले २५ सयमा भइरहेको छ भने यो दुबैबारे अध्ययन आवश्यक छ । २५ सयको क्वालिटी के छ र सुरुमा सरकारले ५६ सय किन भनेको ?

नेपालगंज भेरी अस्पातल सार्वजनिक बैठक गरेरनै २२ सयमा पीसीआर परिक्षण गरेको छ ,

सरकारले ५५ सय भनेको पीसीआर परिक्षणलाई भने नेपालगंज भेरी अस्पातलले सार्वजनिक बैठक गरेरनै २२ सयमा पीसीआर परिक्षण गरेको छ ।

गत १८ गते भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि सो २२ सय शुल्क निर्धारण गरेको हो।

समितिका अध्यक्ष प्रमोदकुमार धिताल र अस्पताल विकास समितिले जारि गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त निर्देशन निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच २ हजार दुई सय मात्र लिने निर्णय गरिएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्तानै नागरिकमा भ्रम छर्ने गर्दछन,

नियमित रुपमा कोरोना अद्यावादिक विवरण सार्वजनिक गर्ने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले एक जनाको पीसीआर परिक्षण गर्दा र कन्ट्रयाकट्रेसिङ्ग गर्दा १ लाख सम्म सरकारले खर्च गरेको बताएका थिए।

आईसियुमा राखेर उपचार गर्दा एक जना बिरामीलाई ५ लाख खर्च सम्म लाहने गरेको गौतमले सार्वजनिक अभिव्यक्ति नियमित ब्रिफिङ्गबाट दिने गरेका छन्।