Gold

आज थप १ हजार ८१ नँया कोरोना संक्रमित थपिए ६ जनाको मृत्यु ,

Naumule Migrate

भदौ २४ ,काठमान्डौ – गत २४ घन्टामा नेपालमा थप १०८१ जना कोरोना संक्रमित फेला परेका छन्। पछिल्लो समय सरकारले ११,हजार १६७ पीसीआर परिक्षण गरेको बताएको छ।

आज फेला परेका संक्रमित सहित हाल कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको हो। हाल देशभर १५ हजार २५ जना सक्रिय कोरोना संक्रमितको उपचार चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

जसमा संथागत आईसोलेसनमा ७ हजार ९८८ र होम आईसोलेसनमा ७ हजार ३७ जना रहेका छन्। तेस्तै पछिल्लो २४ घन्टामा ९१८ जना डिस्चार्ज भएपछि कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ, यो कुल कोरोना संक्रमित संख्याको ६८.८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै पछिल्लो समय कोरोनाबाट ६ जनाको निधन भएको छ ,यो संगै नेपालमा कुन कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ।

Naumule Badhipahiro