देशभर कोरोनाको विवरण हेर्न यो पढ्नुहोस ,

भदौ २४ ,काठमान्डौ – आज उपत्यकामा ४६४ जना नँया कोरोना संक्रमित फेला परेका छन्। जसमा काठमान्डौमा ३९४, ललितपुरमा ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै हाल सम्म काठमान्डौमा कुल संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा औल्लेख गरिएको छ ।


