surkhet

एसिड आक्रमणकारीलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन,

surkhet

भदौ २५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब(एसिड) आक्रमणकारीमा सल्गन्हारूलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् ।

यस निम्ति १५ दिनभित्र कानुन मस्याैदा गरिसक्न कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले वालुवाटारमा एसिड पिडितहरुलाई भेटेका थिए। जुन क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

Dailekh

उहाँले अपराधीकाे सम्पत्ती राेक्का गरी क्षतिपूर्ति भराउने, भरणपाेषण गर्ने, पीडितलाई छिटाे अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा पारित गरिने बताए ।

Gorkha

प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारकाे प्रबन्ध मिलाउने , पीडितहरूकाे सम्पूर्ण खर्च सरकारले बेहाेर्ने र नियमित प्रयाेग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घाेषणा गरेको प्रेस सल्हाकार सुर्य थापाले बताएका हुन् ।

पिडितलाई नि:शुल्क पठनपाठनकाे प्रबन्ध गर्ने उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका हुन् ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर पिडितलाई व्यवसाय गर्न प्राेत्साहित गर्नेपनि बताएका हुन् । हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना हुन नदिने तथा आगामी दिनमा यस्ताे पीडा कसैले भाेग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने प्रधानमन्त्रीले स्पष्ट परेका हुन्।

हाल सम्म नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेका छन् ,कति प्एको किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ ।

salyan