नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो आज ५ जनाको निधन ,

भदौ २५ ,काठमान्डौ – आजको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले नियमित कोरोना अद्यावादिक विवरणमा दिएको जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो।
आज नेपालका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १४४ पीसीआर परिक्षणमा १२ सय ४६ जना नँया संक्रमित थपिका छन्।
तेस्तै माथिको संख्याबाट हाल सम्म ३७ हजार ७ सय डिस्चार्ज भएका छन् यो कुल संख्याको ७१ प्रतिशत हो।
तेस्तै पछिल्लो समय ५ जनाको कोरोना कारण ज्यान गएपछि आजको मिति सम्म ३१७ जनाले कोरोनाबाट ज्यान गुमाउन परेको छ ,जुन मृत्युदर ०.९ प्रतिशत रहेको स्वस्थ्य मन्त्रालयले जानकारी गरेको हो।
थप विवरण,








