साउनदेखि मजदुरको तलब १५ हजार,,
वैशाख २६ , श्रम मन्त्रि गोकर्ण विस्टले आँउदो साउन महिना बाट श्रमिकको तलब बढाउने जानकारी दियका छन् ।,
मन्त्रि बिस्टका अनुसार अहिले मार्केटमा भयको श्रमिक को ज्वालाले उनीहरुलाई निकै मार परेको छ। , ठुला ठुला कन्ट्रक्सन देखि हाईपि योजनाका मालिकले बसी बसी पैसा कमाउनु र त्यो योजना निर्माण गर्ने कामदारले भने जस्तो तलब नपाँउदा उनीहरुलाई छाक टार्नसमेत गारो भयको छ। यो सबैको निरासा हो।
कामदारले अहिले न्युनतम मासिक ९ हजार ७ सयमा काम गरेका छन् ।अब तेस्लाई बढायर १५ हजार गरिने गृहकार्य गरियको मन्त्रि गोकर्ण विस्टले जनाय।
कुनैपनि क्षेत्रमा काम गर्ने र गराउने हरुले अब श्रमिकको ज्याला बैङ्क मार्फत उपलब्ध गर्ने गराउने पनि विस्टले जनाय। विभिन्न सेक्टरका मालिकहरुले कामदारको आधा भन्दा बढी तलब शोसन गरेको जनाऊदै ,अब साउन महिना बाट यसको निराकरण गरिने जनाकारी दिय।
यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ । तर, समितिले गर्ने सिफारिसका आधारमा मन्त्रालयले त्यसको अन्तिम निर्णय लिनेछ ।
यतिमात्र नभयर अब घरेलु कामदारको पनि तलब बढाउने तयारि भैरहेको मन्त्रि गोकर्ण विस्टले जानकारी दिय।
निजी विद्यालय, अस्पताल, बैंक, तथा वित्तीय संस्था र केही प्राइभेट ब्यापारिक र्फममा काम गर्ने कामदारहरु अत्यन्तै कम पारिश्रमिकबाट पीडित हुनुपर्ने अवस्था देखिएपछि सरकारले बैंक मार्फत भुक्तानीको व्यवस्था गर्न लागेको हो ।
कम्पनीले कामदारलाई तलब हालेको विवरण बैंक मार्फत भुक्तानी भयपछी कामदार ठगिन बाट बच्ने मन्त्रीले जनाय।
बैंक मार्फत तलब हाली विवरण नाबुझाय न्युनतम् पारिश्रमिक लागू नगर्नेहरुलाई सरकारले श्रम अडिटमार्फत कार्बाही गर्न सकिने मन्त्रि विस्टको भनाई छ ।