surkhet

सिन्धुपाल्चोकमा फेरी गयो पहिरो १२ जना वेपत्ता १८ घर पुरीए ,

surkhet

भदौ २८ ,सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा केहि हप्तापछि पुन:बाढी पहिरोले वितण्डा ल्याएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरोले १८ बढी घर पुरेको छ ।

पहिरोमा मानवीय क्षति कति भयो भन्ने एकिन विवरण हुनसकेको छैन। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।

Gorkha

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार क्षतिको एकिन विवरण आईनसकेको बताए । बाढीले सबै भन्दा बढी घुम्थाङको नागपुजेमा क्षति पुगेको छ घटनास्थलमा सेना ,सशस्त्र नेपाल प्रहरीको टोलि पठाउने जानकारी ढकालले दिए ।

Dailekh

हिजिराती परेको नविरल वर्षाको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो । गत साउन ३० गते विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका,२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

salyan