अशोक दर्जीको पहिलो गीत युटुब्मा भाईरल ,मन बिनाको धन ठुलो कि धन बिनाको मन ,,

वैशाख २६ – आज भोलि युटुब देखि सामाजिक संजालमा भाईरलमा देखिने गरेका अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् ।
गीतको शब्द बिराज नेपालले लेखेका हुन् भने संगीत टंक बुढाथोकीको रहेको छ । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत दर्जीको स्वर रहेको छ ।
झापाको यौटा निम्न वर्गमा जन्मियका बालकको कसैले सानो यौटा गीतको टुक्रा फेसबुकमा राखिदियको थाहा हुन आयको थियो।

अनि उनलाई भेट्ने र गीत गुना लगाउने मोबाईलमा रेकर्ड गराउने गरेको थाँहा पाय पछि संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याएर गीत रेकर्ड गराएका थिए ।
काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो ।

म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ । उनको गीत लाई अहिले सबैले युटुबमा फ्लोव गरेका छन्। ,
उनको कलाको लागि आ आफ्नो ठाँउबाट सहयोगी हात पनि अगाडी बढी रहेका छन्।
धन्यवाद अशोक दर्जी भाईलाई प्रगतिको सुभकामना ।,,
भिडियो हेर्न यहाँ थिच्नुहोस ,,
