suekhet
bheriad

गुर्भाकोट १२ वडा कमिटी सुर्खेतद्वारा विज्ञप्ति जारि वडान १२ का स्थानीय जनप्रतिनिधिको राजिनामा माग ,

lekabesi

स्थानीय जनप्रतिनिधि को राजिनामा माग्दै १२ सुत्रीय माग सहित ज्ञापनपत्र ,

भदौ २८ ,सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी नेकपा गुर्भाकोट नगरपालिका वडान १२ वडा कमिटि दहचौर सुर्खेतले वडामा निर्वाचित जनप्रतिनिधिको भरमा हुने गरेका दम्भ ,गुण्डा गर्दी विकृति र विसंगतिप्रति आपत्ति जनाउँदै खण्डन गरेको छ ।

कमिटिले एक विज्ञप्ति जारि गर्दै नगरपालिकाको वडान १२ दहचौरमा वडा अध्यक्ष लगाएत जनप्रतिनिधीहरुले उपद्रो व्यवहार गर्ने र गरिब निमुखाले पचाउन नसकिने जस्ता क्रियाकलाप भईरहेको उल्लेख गरेको छ।

स्वच्छ भावनाका साथ सकारात्मक तरिकाले सुझाव सल्लाह र सहयोग राख्न खोज्दा केहि गुण्डा स्वभावका झुण्डहरुले धम्की दिने थर्काउने, जनताको जीउ ज्यान माथिनै शारिरीक हमाला गरि सिद्धाउछौ भन्ने जनतामा अप्रतिक्रिया आएको समेत जारि विज्ञप्तिमा लेखिएको छ।

यस्तो हर्कतले स्वइच्छाचारी अराजगता प्रयोग भईरहेको हुँदा तप्काका जनमत शिक्षित जागरुक विद्यार्थी र युवाहरु, उत्पिडित कृषक, मजदुर, नागरिक समाज, र सवै तहको दायित्व रहेका हुदा यस्ता जनप्रतिनिधीहरुको राजिनामा माग्दै वडा कमिटि दहचौरले खबरदारी गरेको हो ।

जनप्रतिनिधिका निर्देशनमा परीचालित भएका विभिन्न खाले उपभोक्ता समितीहरुको मनोमानी तरिकाले चल्दा सिर्जित भएको भयाभह अवस्थाले गरिब तथा पिछडिएको वर्ग र सधै दमनमा पारीएको वर्गलाई घात गर्ने र गुर्भाकोट १२ दहचौरलाई झन अविकसित पिछडिएको बनाउन यहाँको जनप्रतिनिधि लाग्नु दुर्भाग्य भएको जारि विज्ञप्तिमा उल्लेख छ।

यस्तो बेला जन प्रतिनिधिले गरिब निमुखाको आवाजलाई बोलीदिने र सुनिदिने ठाँउमा पुर्ण वेवास्ता गर्दै झन दम्भ देखाएर उल्टै गरिबहरुको आवाजलाई दबाउने कोसिस गरिएको समेत बताईएको छ ।

चुनावको समयमा जनतालाई गरिएका वाचालाई भुलेर वडामा विकास निर्माण कार्य रोक्ने संचालित योजनाहरुमा चरम आर्थिक अनियमितता गर्ने ,साना तिना विकासहरुमा पनि जनप्रतिनिधिको गलत रबैयाले जनताहरु मर्कामा परेका छन्।

वडा जनप्रतिनिधीका हैसियतले गर्नुपर्ने समन्वयमा अत्यन्तै कुण्ठीत, सकिंर्ण र पुर्वाग्रही व्यवहार प्रर्दशीत गरिएको बाटो, भवन, शिक्षा, स्वस्थ्य र खानेपानी जस्ता क्षेत्रमा नाताबाद कृपाबाद, क्षेत्रबाद र विभेद ,भष्ट्रवाद, घुसपिस हुनुले जनप्रतिनिधिहरुको असक्षम र कम्जोर क्षमताले गर्दा जनताले दुख पाइरहेका वडा कमिटिले बताएको छ ।

गुर्भाकोट १२ का गरिब जनताहरुलाई विभिन्न शिर्षकमा जबरजस्ती भौतिक रुपमा चर्काे श्रम शोषण गर्ने त छदै छ त्यसमाथि विभिन्न छलकपट गरि चर्काे आर्थिक शोषण समेत गरिएको हुनाले विभिन्न राजनैतिक दल, सघं सस्था, र आम जनसमुदाय लाई आन्दोलन मार्फत शसक्त प्रतिकार गर्न समेत अपिल गरिएको हो ।

यस्ता जनप्रतिनिधीहरुका दण्डनिय क्रियाकलापको घोर भत्र्सना गर्दै नेपाली गरिब जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नु अधिकार र न्याय दिलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुर्भाकोट वडानं. १२ वडा कमिटी जनताको सधै लागि परीरहेको उल्लेख छ।

जनताको यस्ता समस्याको लागि स्थानीय नगर सरकार ,प्रदेश सरकार संघका जनप्रतिनिधि सम्वेदनशिल बनिदिन समेत वडानं. १२ वडा कमिटी दहचौरले आग्रह गरेको हो ।

साथै जनताको माग प्रति जिम्मेवार नभए कडा भन्दा कडा आन्दोलनहरुको तयार गरिने हुने हुँदा आम जनसमुदायहरु लाई ऐक्यबद्धता जनाउन समेत वडा कमिटी दहचौरले जानकारी गरेको छ ।

जनताका मागहरु
१) वडा अध्यक्षको एकल निर्णयबाट बनेको अलैचिबारी खानेपानि उपभोक्ता समिती विधिवत रुपमा हेर्दा अवैध छ । त्यस अवैध समिती गरेको चरम लापरबाहि, भ्रष्टचार र ठेकेदार सगँको मिलिमतोमा गरिब जनताले करोडौको बराबर श्रमदान गरिसकेको हुदा पनि भाद्र महिना भित्र अनिवार्य प्रति घरले ५,००० रुपैया उठान गर्नु पर्ने भन्ने निणर्यले उक्त उपभोक्ता समिती ठेकेदारको चङ्गोलमा विकेको हुदा यस्तो अन्याय पुर्ण निर्णय गर्ने उक्त उपभोक्ता समिती विघटन गरी जनताको सर्वसम्मतबाट नया उपभोक्ता समिती गठन गरिनु पर्ने ।

२) मिति २०६४ देखि हाल सम्म एक पक्ष ढंगले बन्ने गरेको र आलोपालो तरिकाले एक पक्षय वडा नं.१२ को खानेपानी उपभोक्ता समिती गठंन गरि खानेपानीमा सामाग्री खरिद, महशुल उठती, आदि कारोबार तथा आम्दानी खर्चको कहिल्यै पनि सार्वजनि लेखापरिक्षण नगरेको हुदा र ति समितीहरुका कार्यकालमा चरम लापरबाही र भष्ट्रचार भएको हुदा न्यायोचित छानविन गर्न सर्वदलिय छानविन समिती गठन गरीयोस ।

३) यस वडाको खानेपानि परियोजनामा प्रति घर न्युनतम ३० दिनको श्रम दान गराइएको छ त्यसैले प्रत्येक घरधुरीको श्रम सहभागितालाई मूल्याकंन गरि धाराको मिटर र २०mm को शाखा लाइन देखि घर सम्मको पाइप (हाउस होल्ड कनेक्सन)
र गरिब घर धुरीहरुलाई ५०० लिटरको हिल ट्याङ्की उपभोक्ता समिती, ठेकेदार र नेपाल सरकार मातहतका विभिन्न निकायले उपलब्ध गराउनु पर्ने ।

४) अलैचिबारी दहचौर खानेपानी परियोजनाको ठेकेदारको जिम्मामा रहेको मुख्य लाइन (मुहान देखी रिर्जभ ट्यांकी) सम्म ठेकेदारले पुरागर्नु पर्ने काममा झण्डै १४०० मिटर जनतालाई नै श्रमदान गर्न लगाई उक्त श्रमको पारीश्रमीक रकम खानेपानी कार्यलय बाट भुक्तानी लिई समितीहरुले गोलमाल(अपचलन) गरेको हुदा यथोचित छानविन गरि कारबाहि गरियोस ।

५) स्वस्थ्य सेवामा सुधार र प्रत्येक बृद्ध तथा असक्तहरुलाई उपस्वास्थ्य चौकि सम्म आउने जाने व्यवस्था वडा सरकारले गर्नु पर्ने ।

६) विभिन्न चरणका संसदिय कोष मार्फतको बाटो तथा अन्य योजनाहरुमा उपभोक्ता समिती बाट गराइनु पर्ने हो तर विना बोलपत्र गरि आफुखुशी ठेकेदार लाई जिम्मा दिएर २–३ महिनाको काम लाई झालझुल पारेर १०–१५ दिन मा सम्पन्न गरेको जस्तो गरि अनुगमन टोलीलाई घुसपिस दिएर बजेट र्फच्युट हुनु आफैमा एक दुरुपयोग हो । यस्ता कुरामा जनप्रतिनिधीले चासो नदिनुले गुर्भाकोट न.पा. १२ दहचौरको अधिकांश जनप्रतिनिधिले राजिनामा दिनु पर्छ ।

७) यस वडाको एक मात्र २०६४साल देखीको ने.रा.माध्यामिक विद्यालय ज्यामिरेको माध्यामिक तहको स्वीकृती आज सम्म नपाउनुमा विद्यालय सग सम्बन्धित सवै पक्ष हरु विशेष गरि वि.व्य.स. र वडा कार्यलयले पहल गरिनुपर्ने ।

८) विजुलीको पोल वितरण गर्दा जता जता वडा अध्यक्ष र जनप्रतिनिधीको घर छ त्यतै मात्र लैजाने गरेको हुदा विजुली जस्तो महत्वपुर्ण कुरालाई सडकको छेउछाउ बाटै विस्तार गरि चोक चोक मा विजुली बत्ती जडान गरिनु पर्ने । र विजुली नपुगेकोटोल तथा बस्तीहरुमा विजुली लाइन विस्तार गरी विजुली जडान गरिनु पर्ने ।

९) सामाजिक सुरक्षा भत्ता लिन बृद्धहरु वडाकार्यलय सम्म हिडेर आउन नसक्ने र अटोमा आउदा जादा भाडा मात्रै १०००
रुपिया भन्दा बढि लाग्ने हुदा वडाको कर्मचारी र वैंक कर्मचारी मार्फत घर घरमै पु¥याइदिनु पर्ने ।

१०) केन्द्रिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत नेपालका सवै फुस (खर) छानो भएको घरहरुलाई जस्ता पाता दिइसकेको छ र यस वडा सरकारले ढिला सुस्ती गरेको हुदा सबै फुस (खर) छानो भएको घरलाई जस्ता पाता नदिइएको हुँदा जति सक्दो चाडो वितरण गरियोस । साथै केन्द्रिय सरकार ले तिन लाख बराबरको सिमान्तकृत वर्गलाई घर आवास निमार्ण गर्ने बजेट पनि छुट्टाइएको छ । सो कार्यक्रम अनुसारमा यस वडामा पनि त्यस्ता नागरिकहरुलाई पारदर्शी तरिकाले छनौटमा पारि सेवा प्रवाह गरियोस ।

११) कृषक, युवा तथा बेरोजगार नागरिक आदीको लागी वडा सरकारले प्रभावकारी योजना नल्याएको र प्रधानमन्त्री रोजगार कार्यक्रममा पार्टिगत हेरेर पक्षपात पुर्ण व्यवहार गरेको ले यस्तो अन्याय पुर्ण व्यवहारको अन्त्य गर्न माग गर्दछौ ।साथै युवा बालबालिकाहरु लागु औषध्को दुव्र्यसनीमा झन दिन प्रतिदिन फसिरहेका छन । ति कुरामा जनप्रतिनिधीले चासो नदिनु नै बढ्वा दिनु सरह हो,त्यस्ता क्रियाकलाप तत्काल रोकियोस ।

१२) हाम्रा मागहरु गुर्भाकोट न.पा. वडा न.१२ दहचौरका जनताको हितको लागि भएको हुदा वडा सरकारबाट एक महिना भित्र पुरा गरियोस । अन्यथा जनता शान्ति पुर्ण विदोह्र गर्ने छन ।

अध्यक्ष
क. टोप बहादुर राना