काठमान्डौका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त ,

भदौ २८ ,काठमान्डौ – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । गत १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका शाक्यको परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो ।

उनी श्रीमतीसँगै आइतबार घर फर्किएको उनको सचिवालयले जनाएको छ । अब केही दिन निवासमै आईसोलेसनमा आरामपछि उनी नियमित काममा फर्किने बताईएको छ।
शाक्य होटल सोल्टीको आइसोलेशनमा बसेपछि सामाजिक सञ्जालमा विभिनन टिकाटिप्पणी समेत भएका छन्। होटेल सोल्टीमा दैनिक ७५ हजार खर्च गरेर उनी आईसोलेसनमा रहेको बताईएपछि विरोध भईरहेको छ।
