surkhet

डेरावाला हत्या प्रकरणमाका दोषीलाई ५ दिन म्याद थप गरि छानबिन बढाउन अदालतको आदेस ,

surkhet

भदौ २८ ,काठमान्डौ – काठमान्डौको कीर्तिपुर नगरपालिका,७, भाजंगलमा घेरबेटीले कुटेर डेरावालाको हत्या गरेपछि तिन जना आरोपित पक्राउ परेकालाई ५ दिन म्याद थप गरिएको छ।

जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि घरबेटी ६६ वर्षीय प्रेमकृष्ण महर्जन, दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

म्याद थप भएको अवधिमा घटनाबारे विस्तृत अनुसन्धान गर्नसकिने काठमान्डौ प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । डेरावाला संग शुक्रबार सामान्य विवादमा प्रेम कृष्णले धोकाको चिर्पटले हानेर ४२ वर्षीया शम्भु चौधरी महत्तोको मृत्यु भएको छ।

Dailekh
Gorkha

उनको घर भारतको चम्पापुरण हो ,घटना पाएलगतै घटनास्थल पुगेको प्रहरीले शम्भुलाई उपचारको लागि किर्तिपुर अस्पताल पुर्याएको थियो ,केहि घन्टामा उनलाई अस्पतालले मृत घोसना गरेको थियो।

मृतकको कोख र ,घाँटीमा चोट भएको प्रहरीको भनाई छ। उनको मृत्युको कारणबारे पोष्टमार्टम रिपोर्टबाट यकिन हुनेछ । हालसम्म आफन्तले शव बुझ्न नमानेका कारण पोष्टमार्टम हुन नसकेको प्रहरीले बताएको छ ।

शनिबार पीडित परिवारले प्रहरीमा घरबेटी र उनको परिवारविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले अन्य सदस्यलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको छ। पिडित परिवारका अनुसार भाडा नदिएको भन्दै घरबेटीले कुटपिट गरेको बताएका छन्।

 

 

 

 

salyan