suekhet
bheriad

जातीय विभेद र अपराधीको भाइरस अन्तय हुनुपर्छ,

lekabesi

भदौ २९ ,काठमान्डौ – दलित को अर्थ दलन गरिएको ।अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रुपले पछाडिएका र जसको आर्थिक ,सामाजिक ,राजनीतिक ,र धार्मिक रुपले प्राचिन कालदेखि उच्च वर्गहरु ( बाहुन तथा छेत्री आदि हिन्दु जातीय वर्ग बिभाजन गरिएको थियो र आज पनि छ।

हुनु त नेपालमा भेदभाव अनि छुवाछूत गर्नेहरुलाई कडा कार्यबार्हि गर्ने कानुन पनि सरकारले नबनाएकाे हाेइन तर त्यो कागजमा मात्र सिमित छ । गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव काएम नै छ ।

वास्तवमा जात भनेको सामाजिक स्तरीकरण गर्ने एउटा व्यवस्था हो ,जसले कुनै पनि व्यक्तिलाई जन्मनासाथ उसको स्तर र भुमिका निर्धारण गर्दछ ।

हिन्दु समाजको सङ्गठन भित्रकाे अत्यन्तै महत्त्वपूर्ण ईकाइकाे रुपमा जाति व्यवस्था रहेको पाइन्, हिन्दु वर्ण व्यवस्थामा आधारित समाजमा लगभग ३००० ई. पु . देखि यस व्यवस्था प्रचलनमा रहँदै आएको पाइन्छ ।

यस लामो अन्तरलामा हिन्दु समाजका प्रत्येक तहमा जाति व्यवस्थाकाे प्रभाव पर्नु एक सामान्य घटनाको रुपमा लिन सकिन्छ ।जात एउटा समाजको एउटा बृहतखण्ड हो ।

नेपाली बृहत शब्दकोषमा दलित शब्दको शाब्दिक अर्थ फुटाइएकाे दविएकाे दमन गरिएको , थिचिएकाे , कुल्चिएकाे हो र दलित समुदाय भनाले समाजमा हक इज्जत प्रतिष्ठा समान रुपले पाउने नसकेको जातिलाई जनाउँछ।

धर्म राज्यासता र कानुनको आधारमा सयौं बर्ष देखि सामाजिक रुपमा अछुत ,पारिएका तथा राजनीतिक आर्थिक प्रशासनिक शैक्षिक क्षेत्रका समान अवसरबाट वञ्चित गरएिको छ । मान्छेको कुनै पनि कुरा लाई हेर्ने दृष्टिकोण एउटै हुदैन ,।

हेराइ र भोगाइ अनुसार समस्यालाई हेर्न र त्यही अनुसार व्याख्या बिस्लेसन गर्ने गर्दछन । दलित समस्या कस्तो खालको समस्य हो भने सम्बन्धि विदानहरुले विभिन्न तर्क गर्न गरेको पाइन्छ ।

जातीय विभेद छुवाछूत लाई हटाउनु भनेर १० बर्ष जन आन्दोलन गर्न प्रचन्ड बाबुराम किन माैन छन अहिले खै के निस्कर्ष लायाे त्यत्रो जन आन्दोलनको जहाकाे त्यहि छ समाजमा ।

कागजमा मात्र सिमित भयो छुवाछूत विभेद संविधानमा जाति विभेद छैन भन्ने बनाउने नेताहरुमा व्यबहार मा हैन भाषण गरेर कुलिएर हिड्छन । दलित शब्द त शब्दकोष र संविधान बाट नै हटाउनु पर्छ ।

दलित भनिएकाहरु पनि सबै एक युनिट हुनुपर्छ सामाजिक आर्थिक शैक्षिक रुपमा अब्बल हुनुपर्छ ।दलित काेटा मागेर हैन जुदेर अगाडि आउनु पर्छ ।

जातीय विभेद र अपराधीको भाइरस अन्तय हुनुपर्छ ।जब संगै बसिन्छ संगै खाइन्छ सम्मान व्यबहार गरिन्छ ।अनि मात्रै यसको अन्त्य भएको मानिन्छ ।नत्र हाम्रो कथा बेथा यसैमा सिमित रहन्छ ।

रेदिका विश्वकर्मा
बाँके कोहलपुर