suekhet
bheriad

राष्ट्रिय झण्डा जलाउने गायक तामाङ पुर्पक्षका लागि थुनामा,

lekabesi

भदौ २९ ,काठमान्डौ – राष्ट्रिय झण्डा जलाउने गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका अन्य ३ जनालाई भने १५ हजार धरौटिमा छोडिएको छ। ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको देशद्रोही भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ भने राजा देखि नेपालका नेताहरुको फोटो ,नेपालि झन्डा जलाईएको छ।

भिडियो सार्वजानिक भएपछि चौतर्फी विरोध भएको थियो लगतै प्रहरीले भिडियो बनाउने गायक देखि अन्य टिमको खोजि गरेको थियो। तेही बेला प्रहरीले गायक ग्याल्जेनलाई स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको थियो । ग्याल्जेन तितुङ मंगोलिनय ग्रुपका सदस्य समेत हुन् ।