जग्गाको कित्ताकाट तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश ,

भदौ २९ ,काठमान्डौ – सरकारले देशभर जग्गाको कित्ताकाट खोल्ने गरेको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले दुवै पक्षको छलफलबाट अन्तरिम आदेश हुने नहुने टुंगो नलागेसम्म कित्ताकाटको निर्णय कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।
अधिवक्ता सन्तोष भण्डारी र सुजन नेपालले भूमिसुधार व्यवस्था तथा गरिबी निवारण मन्त्राललयको निर्णय विरुद्ध सर्वोच्चमा दिएको रिट निवेदनपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।
