प्रधानमन्त्रीले किन रोके कुलमानको नियुक्ति ,

भदौ ३० ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकीएको छ।

उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीसमक्ष पुगे पनि यो विषयले स्थाननै पाएन।

उर्जामन्त्रि वर्षमान पुनले मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू मात्र भनेका थिए ,प्रधानमन्त्री ओलीले कानूनअनुसार बुझाउला भने र सोमबार बैठकको एजेण्डामा प्रवेश गर्ननै दिएनन।

कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएको उर्जा मन्त्रालय श्रोतले जनाएको छ ।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

२२ घण्टाको अँधेरोमा बसेका नेपालि नागरिकलाई २४ औ घण्टा उज्यालोमा राख्ने उज्यालो अभियान्ता कुलमानलाइ पुन: नियुक्त नगरे ससक्त आन्दोलन हुनेभन्दै चौतर्फी विरोध भईरहेको छ।

कुलमानको पून: नियुक्तिको माग गर्दै सोमबार साँझा माईतिघर मण्डलामा युवाहरुले आन्दोलन गरेका छन्।

३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउने र कार्यकारी निर्देशकको रुपमा आएको ६ महिनामै उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेका थिए ।

कुलमानले वार्षिक ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई तो सबै तिरेर ११ अर्ब नाफाको बलियो अवस्थामा पुर्याउने समेत गरेका छन् । यो सबै श्रेय कुलमानले गर्दा भएको हो कुलमानको पून नियुक्तिको माग गर्दै समाजिक सन्जालमा चर्को आवज उठिरहेको छ तर प्रधानमन्त्रीले यसको टेर पुछर लगाएका छैनन्।