एकै दिन प्याजको मूल्य केजीमा ५६ बाट ८० पुग्यो ,
भदौ ३० ,काठमान्डौ – भारतले नेपालमा आउने गरेको प्याज रोकेपछि नेपालमा प्याज पाउन मुश्किल भएको छ भने भाऊ समेत महँगीएको छ।
भारतबाट नेपालमा २९ भदौबाट प्याज आउन छोडेको छ ,नेपालमा प्याज कहिँ कतै पाएपनि महँगो छ ,कालिमाटी तरकारी फलफुल पसलमा पनि प्याज छैन।
भारतीय प्याजको मूल्य नेपालमा आजको रेट ७४ रुपैया होलसेल तोकीएको छ। तरकारी पशलमा प्याजको मूल्य ८० रुपैयामा कारोबार भईरहेको हो।
तर उपभोक्ताहरुका अनुसार भने भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा राख्ने र बेच्ने गरेको आशंका बताईरहेका छन्।
भारतको वाणिज्य एवं उद्योग मन्त्रालय अन्तर्गत रहेको विदेश व्यापार निर्देशनलालयले सोमबार एक सूचना जारी गर्दै सबै प्रकारको प्याजको निर्यातमा रोक लगाएको बताएको छ।