surkhet

विद्युत प्राधिकरणबाट विदाई भए कुलमान ,

surkhet

भदौ ३० ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् ।

घिसिङको चार वर्षे कार्यकाल सकिएपछि मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले बिदाई गरेका हुन्।

Dailekh

तस्विर सचिन पाण्डे ,

Gorkha

दिबाईका क्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका छन् ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राखेका थिए ।उनले कुलमानलाई अबको १५ दिनभित्र फेरि स्वागत गर्न पाइयोस्’भनेर समेत भनेका थिए ।

उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभैई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताए ।

कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको छ । उनलाई पुनः नियुक्ति गर्नुपर्ने चौतर्फी आवाज उठेको छ। प्रधानमन्त्री केपी ओलीले कानुनि कुरा रहेको हुँदा यसको जवाफ पछि दिने बताएका छन्।

salyan