उपत्यकामा कोरोना संक्रमण र मृत्युदर सँगसँगै बढ्यो स्वास्थ्य मन्त्रालय ,

भदौ ३० ,काठमान्डौ – उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमण बढेको पाईएको छ। गत २४ घन्टामा उपत्यकामा थप ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

उनका अनुसार काठमान्डौमा मात्र ५५५ जना असम्क्रमित फेला परेका छन् तेस्तै भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य मन्त्रालयले उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित बढ्दै गएको र अझै बढ्ने बताएको छ।

मन्त्रालयले अत्यावस्यक काम नपरी बाहिर ननिस्कन रनिस्कनै परे अनिवार्य माक्स लगाउने स्वाथ्य मापदण्ड पुरा गर्न आग्रह गरेको छ भने उपत्यकामा मृत्युदर समेत बढेको गौतमले बताएका हुन्।