Gold
Bangad salyan

सरिता गिरिले कुलमान घिसिङ्गलाई लगाईन अरबौ घोटाला गरेको आरोप ,

Salyan

भदौ ३१ ,काठमान्डौ – नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरिता गिरीले अर्बौको घोटाला भएको आरोप लगाएकि छिन।कुलमानको चार वर्षे कार्यकाल समाप्त भएपछि उनलाई हिजोमात्र प्राधिकरणले बिदाई गरेको छ।

कुलमान बिदाई भएकैबेला सरिता गिरिले इनरवा देखि ढल्केवरको ४०० केभी लाइनको अनावश्यक परियोजना भ्रष्टाचार र राज्यको रकममा अरबौ दुरुपयोग भएको भन्दै ट्विट गरेकी छिन।

गिरिले अगाडी लेखेकी छिन कुलमान जान्दैछन, यसको जिम्मा कसले लिने कसले जवाफ दिने। संसद भवनमा सरिता गिरिले कालापानी लिपुलेखको विषयमा भारतको पक्ष लिएपछि समाजवादी पार्टीले कारबाही गरेर सांसदबाट निलम्वन गरिसकेको छ।