शेरधन राईलाई मेरो श्रीमान् हो भन्ने बालिकाले मुद्दा फिर्ता लगिन ,

भदौ ३१ ,काठमान्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनले आफुलाई बर्षौबाट अलगै कोठामा राखेको र आफ्नो श्रीमान् भएको भद्नै सामाजिक सञ्जालमा बोल्ने गरेकी दोलखाको बालिका खडकाले आफ्नो मुद्दा फिर्ता लगेकी छिन।
बालिका खड्का नेकपाकि कार्यकर्ता समेत हुन् उनले शेरधन आफ्नो श्रीमान भएको र अंश बन्ना पाउनेपर्ने माग राख्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। बालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।
अदालतमा उनले निवेदन र मुद्दा फिर्ताको कागज बुझाएपछि राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

तेस्तै बालिकाले अरुको उक्साहटमा शेरधनलाई आरोप लगाएको बताएकि छिन। बालिकाले आज जिल्ला अदालतमा बुझाएको कागजमा भनिएको छ ,म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।
तेस्तै शेरधनले पनि सार्वजनिक रुपमानै आफुले कुनै गल्ति नगरेको र सत्य दुधको दुध र पानिको पानि केहि दिनमै पत्ता लाग्ने जानकारी गरेका थिए।
राईले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए । तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए ।

यस्तै मुख्यमन्त्री राईले खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको प्रहरीले पनि छानविन नगरेको र आफुलाई कुनै वास्ता नगर्न समेत भनिएको गुनासो बताए।
राईलाई यस्ता म्यासेज बर्सौबाट आफ्नो मोबाईलमा आउने समेत गरेको एक कार्यक्रममा बताएका थिए, आज शेरधनले आफुलाई ल्लागेको आरोपलाई गलत भएको पुष्टी गरेका छन्।
बालिकाले अदालतमा दिएको निवेदन र अदालतको आदेश,
बालिकाले फिर्ता लागेको निवेदन,
