surkhet

कुलमान छिट्टै प्राधिकरणमा नियुक्त हुने आशामा छौ ऊर्जामन्त्रीको सचिवालय,

surkhet

असोज १ ,काठमान्डौ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न गत मन्त्रिपरिषदको बैठकमा राखिसकेको जनाएको छ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत लेख्दै प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा मन्त्री पुनको सचिवालय आशावादी देखिन्छ ।

Gorkha

 

Dailekh

चापागाईंले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको बताएका छन् ।

कार्यकारी निर्देशकको रुपमा रहेका कुलमानको गत भदौ २९ गते चार वर्षे कार्यकाल सकेर ३१ भदौमा प्राधिकरणबाट बिदा भएका छन्। कुलमानको पुनर्नियुक्तिको लागि चौतर्फी आवाज उठेको छ।

salyan