संविधान दिवसको बारेमा बोल्दा सर्वसाधारणलाई प्रहरीले कुट्यो पत्रकारलाई धड्पकड़ ,
असोज २, काठमान्डौ – संविधान दिवसको बारेमा बोल्दा प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको छ। शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवननजिकै सडकमा वसन्त पौडेल श्रीमतीलाई अस्पतालमा जँचाएर निवासतर्फ फर्कँदै गर्दा प्रहरीले कुटपिट गरेको हो।
मिडियाकर्मीले संविधानको पाँचौ वर्ष भयो संविधानले नेपालि जनतालाई के दियो त भन्ने विषयमा सर्वासाधारणले आफ्नो प्रतिक्रिया राख्दा प्रहरीले एक्कासी अवराेध गरेर धरपक्कड गरेको थियो।
प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको नेतृत्वमा आएको टोलीले पौडेललाई बोल्न निषेध गरेको थियो ।
अनलाईनखबरकर्मी प्रहरीले दुर्व्यहार गरेको छ । नेपाल फोटो क्लवका सदस्य चन्द्र बहादुर आले ,अनलाईनखबरका फोटो पत्रकार योयल आचार्यलाई पनि प्रहरीले दुर्व्यवहार गर्ने र गाडीमा हालना लागेको समाचार संकलन गर्न नदिएर अवरोध गरेको छ।
यो हेर्नुहोस भिडियो कुटपिट गर्दा पत्रकारलाई अवरोध गरेपछि कुटीएको दृश्य कम मात्रामा देखिएको छ ,
नेपाल पत्रकार महासंघले पनि प्रेस विज्ञप्ति निकालेर प्रहरीले समाचार संकलनका क्रममा दुर्व्यवहार गर्दै पक्राउ गर्ने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले घटनाबारे छानविन गर्ने जनाएका छन् भने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले पनि घटनाको छानविन गर्ने बताएका छन् ।
हिजो बिहीबार पनि बानेश्वर प्रहरी कार्यालयका इन्स्पेक्टर केशर न्यौपाने नेतृत्वको टोलीले बबरमहलमा १०० ग्रुपका युवा अभियन्ता बब्लु गुप्तालाई मरनासम्म कुटपिट गरेको थियो ।
न्यौपानेसहितका प्रहरी अधिकारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालय, नक्सालले रानीपोखरीलाई निर्देशन गरिसकेको छ ।
पछिल्लो समय प्रहरीले सर्वसाधारणमा कुटपिट गर्ने गालि गलौज अपशब्द गरेका भिडियो सार्वजानिक भईरहेका छन्।