suekhet
bheriad

कुलमानले समर्थकलाई भने पुनःनियुक्तिको लागि प्रदर्शन नगरिदिनुहोस ,

lekabesi

असोज ३ ,काठमान्डौ – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पुन: नियिक्तिको लागि आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् ।

कुलमानको पक्षमा काठमान्डौका विभिन्न स्थानमा भएको हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् ।

शनिबार एक विज्ञप्ति गारी गर्दै कुलमानले विज्ञप्तिमा भनेका छन् ,नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

मलाई सरकारले दिएको कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु।प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने कुलमानले बताएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित छ, यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुनेनै छ कुलमानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मै मात्र हुनुपर्छ भन्नेपनि नरहेको कुलमानले विज्ञप्तिमा बताएका छन्। कुलमानको पुनर्नियुक्तिको माग गर्दै विभिन्न स्थानमा निकालीएको जुलुसमा प्रहरीले दमन गरेको छ भने कयौलाई कुटपिट गरेको छ।