suekhet
bheriad

कुलमान गएको एक हप्ता नहुँदै ललितपुरमा बिहान ८ बजेबाट १ बजे सम्म विधुत काट्न सुरु ,

lekabesi

असोज ५ ,काठमान्डौ – सरकारले पछिल्लो समय प्राविधिक कारणले विभिन्न स्थानमा प्रशारण लाईन काटिरहेको बताएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ भने नभएको जानकारी गरेको छ।

ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा ललितपुरको पौडेल गाँउ,किटिनी , लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

उक्त स्थानमा बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म लाइन अवरुद्द हुने छ। ग्राहकहरुमा केहि भ्रम पर्न गएको र लोडसेडिङ भन्न थालेको भन्दै यो जानकारी गराईएको मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले सामाजिक सन्जालमार्फत बताएका छन् ।

तेस्तै कहिँ कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्कालै खबर गर्सकिने जानकारी गरेका छन्।

जसको लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर-११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सनिको उनले जानकारी दिएका हुन् ।