Gold

सुर्खेतमा मदिरा नियन्त्रण अप्रेसन सुरु ,,

Naumule Migrate

वैशाख,२७ – सुर्खेत , कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मधिरा नियन्त्रणको लागि अभियान थालियको छ।  प्रहरीले एरिया मधिरा नियन्त्रण सुरु गरेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जनायका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी युनिटमा कार्यरत नेपाल प्रहरीले ६ महिनादेखि अपरेसन थालेको छ ।

कर्णाली प्रदेशमा अवैध रुपमा उत्पादन, बिक्री एवं वितरण भइरहेको मदिरा नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्न अपरेशन सञ्चालन गरिएको छ।

‘वीरेन्द्रनगर नगरपालिकासहित यहाँका नौवटै स्थानीय तहमा अपरेशन सञ्चालन गरेका छौँ, यसले घरेलु मदिरा नियन्त्रणमा बल पुग्नेछ’, उनले भने । अपरेसनका क्रममा घरेलु मदिरा र त्यसका लागि प्रयोग गरिएका भाँडावर्तन बरामद गरिएको छ ।

प्रहरी उपरीक्षक चतुर्वेदीले हालसम्म १३ हजार घरेलु मदिरा नष्ट गरिएको बताए । पछिल्लो केही समययता प्रहरीले अपरेशन क्लिन–२ नामबाट ‘अवैध मदिरा नियन्त्रण’ अभियान सञ्चालन गर्दैआएको छ ।

Naumule Badhipahiro